७ मंसिर २०८१, शुक्रबार

सदनको अवरोध खुलाउन कार्यव्यवस्था परामर्श समितिको बैठक जारी


कार्यव्यवस्था परामर्श समितिको बैठक फाइल फोटो

काठमाडौँ । संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ । सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न नयाँवानेश्वरस्थित संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको हो ।

सदनको अवरोध हटाउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आज बिहान फोन गरेका थिए ।

सभामुखले निरन्तर रुपमा संसदको बैठक चल्न नसक्दा जनताको आवाज अवरुद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री प्रचण्ड र ओलीको ध्यानाकर्षण गराएका सभामुखको सचिवालयले जनाएको छ । पटक-पटक सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ शीर्ष नेताहरूलाई घिमिरेले स्मरण गराएका थिए ।

सभामुख घिमिरेले सदन अवरोध खोल्ने विषयमा सोमबार पनि प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकहरूसँग सभामुख घिमिरेले पटक पटक छलफल गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !