२० बैशाख २०८१, बिहिबार

कोशी प्रदेश सरकार गठनविरुद्धको रिटको आज फैसला आउने सम्भावना


सर्वोच्च अदालत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज निवेदनमाथिको फैसला आज आउने सम्भावना रहेको छ ।

हिजो बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएकोले बिहीबार फैसला सुनाउने भएको हो ।

सर्वोच्चबाट आज आउने फैसलाले मुख्यमन्त्री थापा नेतृत्वको कोशी प्रदेश सरकार रहने वा नरहने भन्ने निर्धारण गर्नेछ । कोशी सरकार गठन असंवैधानिक भन्दै एमाले संसदीय दलका नेता कार्कीका तर्फबाट सर्वोच्चमा गत असार २२ गते रिट निवेदन दर्ता गरिएको थियो ।

सरकार गठनमा गठबन्धनले सभामुख बाबुराम गौतमको प्रयोग गरेपछि त्यसविरुद्ध एमालेले सर्वोच्चमा रिट दिएको हो । रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङग, मुख्यमन्त्री थापा, सभामुख गौतमलाई प्रतिवादी बनाइएको छ । रिट निवेदनमा कार्कीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परामादेशको मागसमेत गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !