काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो–आफ्नो खुद्रा पसल थापेर बसेका कम्युनिष्टहरूलाई एकताबद्ध गर्नुपर्ने बताएका छन् ।
आज आइतबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खान नहुने बताए ।
उनले मिल्नसक्ने, सहकार्य गर्नसक्नेहरूबीच सहकार्य र एकता गरेर अघि बढ्ने बताए । उनले कम्युनिष्टहरूलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने बताए ।
अध्यक्ष नेपालले कम्युनिष्टहरूरु जति धेरै विभाजित हुन्छन् त्यत्ति धेरै नोक्सान हुने बताए । उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गराउन आफू सकारात्मक रहेको बताए ।