![बागमती प्रदेशसभा](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2023/01/bagmati_pradesh_sabha.jpg?fit=1024%2C573&ssl=1)
मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दै छ । बागमती प्रदेशसभाको हिजो साँझ बस्ने भनिएको दोस्रो बैठक विशेष कारणवश स्थगित भई आज असार १८ गते बिहान ११ बजे बस्ने भएको हो ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा सत्तापक्षले प्रतिपक्षसँग सहमति जुटाउने सिलसिलामा सर्वदलीय बैठक हुँदा सहमति जुट्न नसकेकाले हिजो साँझ बस्ने भनिएको बैठक आजको लागि सारिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सरकारका तर्फबाट प्रतिपक्षहरुसँग वार्तालाभ गरी सहमति गरी बिबाद टुङ्ग्याउने सम्भावना रहेको र दिउँसो बैठक नियमित रुपमा सञ्चालन हुने बताए ।