१२ मंसिर २०८१, बुधबार

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार बानेश्वरबाट पक्राउ


हरिनारायण रौनियार

काठमाडौँ । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई पक्राउ परेका छन् । प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो ।

रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो । पूर्वसांसद रौनियारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बाँकेले काठमाडौँमा पत्राचार गरेको थियो ।

रौनियार पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित पूर्वसांसद् समेत हुन् । सांसद रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !