६ जेष्ठ २०८१, आइतबार

राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना


रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल फेरि त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।

राष्ट्रपति पौडेललाई शनिबार बिहान ३ बजे स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी उपचार भइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

हृदयाघात भएर सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा भर्ना भएका उनी गत बुधबार मात्र ‘डिस्चार्ज’ भएका थिए । उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएपछि मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !