५ जेष्ठ २०८१, शनिबार

विश्व आर्टिफिसियल इन्टेलिजेन्ससम्म पुगिसक्यो, यहाँ बजेट टाइप गर्ने मान्छे छैन : अध्यक्ष ओली


केपी शर्मा ओली संसदमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विश्व आर्टिफिसियल इन्टेलिजेन्ससम्म पुगिसक्दा पनि नेपालमा भने अर्थ मन्त्रालयमा बजेट टाइप गर्ने मान्छे नभेटिएको भन्दै व्यंग्य गरेका छन् ।

आज मंगलबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा आफ्नो धारणा राख्दै अध्यक्ष ओलीले यस्तो व्यंग्य गरेका हुन् । बजेट बनाउने अघिल्लो रात जेठ १४ गते अर्थ मन्त्रालयमा ‘अनधिकृत व्यक्ति प्रवेश गरेर करको दरमा हेरफेर गरेको’ प्रति लक्षित गर्दै उनले यस्तो व्यंग्य गरेका हुन् ।

जवाफमा ओलीले विश्वले हवाईजहाज बनाउने र उडाउनेमात्र नभएर कम्युटर बनाउने र चलाउने मान्छे समेत पाइसक्दा, मानिस आर्टिफिसियल इन्टेलिजेन्ससम्म पुगिसक्दा अर्थ मन्त्रालयमा भने बजेट टाइप गर्ने मान्छे नपाएको भन्दै व्यंग्य गरेका हुन् ।

ओलीले सरकारले धान, गहुँ, मकै उत्पादन बढाउन छाडेर बहकिन थालेको पनि आरोप लगाए । अध्यक्ष ओलीले अहिले अन्नमा आत्मनिर्भर हुने योजना चाहिने बताए । उनले अहिले अन्नमा आत्मनिर्भर हुने योजना चाहिने बताए ।

उनले धान, गहुँ र मकै बढाउने कुरामा चासो नदिएर गाँजामा चासो राखेको बताए । सरकारले लाइसेन्स बाँडेपछि उनीहरुले मात्र खेती पाउने तर सर्वसाधारण जनताको खेतबारीमा भएको गाँजा खेती उखेलिने सम्भावना रहेको बताए ।

उनले प्राकृतिक रुपमा उब्जिएको गाँजाले जीविका चलाउँदा मान्छे जेल जाने गरेको दृष्टान्त सुनाए । गाँजा खेती र व्यापार गर्नेहरु कोही पनि अहिले नदेखिएको बताउँदै पहिले अन्नमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिए ।

ओलीले अघिल्लो वर्ष पनि बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर गरेको स्मरण गर्दै फेल भएको बजेर सत्तापक्षले बलजफ्ती पेलेर कागजमा पास गराएको बताए । उनले करका दर हेरफेर गरिएको प्रकरण बाहिरिएपछि सरकारले गल्ती स्वीकार्नुको सट्टा बलजफ्ती केही भएकै छैन भनेर बहुमत देखाएर पास गरेको बताए ।

अघिल्लो वर्षको बजेट कागजमा पास भएको तर व्यवहारमा फेल भएको ओलीले टिप्पणी गरेका छन् । उनले अघिल्लो वर्ष बजेटमा पनि सरकारले बेठिक भएको छ यो बेठिक स्वीकारिन्छ आइन्दा गल्ती गरिदैन भनेर सरकारले भन्न नसकेको बताए । उनले गत वर्षको बजेटमा अल्पमतमा भएकोले सत्ता पक्षले पेलेर कागजमा पास गरेकोले व्यवहारमा फेल मात्रै नभएर शून्य भएको टिप्पणी गरे ।

ओलीले अर्थमन्त्रीले भनेजस्तो ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव नभएको दावी गरे । ओलीले धेरै कुरामा सुधार गर्न जरुरी रहेको बताउदै अर्थमन्त्रीले भनेजस्तो ६ प्रतिशत आर्थिक वृद्धिदर कुनै हालतमा पनि नहुने ठोकुवा गरे । ओलीले आर्थिक वृद्धिदर क्रमिक रुपमा मात्र हुने भएकोले भवितव्यमा भइहाल्ने कुरा नभएको पनि बताए ।

उनले बजेट प्रस्तुति नै अशुद्ध हुने र बिचौलिया पस्ने अवस्था रहेको भन्दै यस्ता कुराहरू नियन्त्रण गर्नुपर्ने बताए । उनले को-को बसेर बजेट बनाउन पाइने र नपाइने भनेर आफ्नै नेतृत्वको सरकारले गरेको भन्दै ओलीले तर पछि निषेध गरिएका मान्छेहरू प्रवेश गरेको सुन्दा दु:ख लागेको बताए ।

ओलीले अर्थमन्त्रीको विरोध मात्र नगरेको भन्दै अर्थतन्त्रको बेहाल भइरहेकोप्रति आँशु बगाएको र जनताको दु:खप्रति सजग मात्र गराएको स्पष्ट पारे । ओलीले राष्ट्रपतिले १० जना मान्छे नियुक्त गरेपनि उनीहरू घाम तापेर बस्ने गरेको तर अर्थ मन्त्रालयमा टाइप गर्ने मान्छे अभाव भएको भनेर व्यंग पनि गरे ।

यो पनि पढ्नुहोस्

अर्थमन्त्रीको स्पष्टीकरण – करको दर हेरफेर गरिएको छैन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !