१३ आश्विन २०८१, आइतबार

संसदमा ओली र देउवा नदेखिएकोमा प्रधानमन्त्री प्रचण्डको गुनासो


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र सत्ता गठबन्धनकै अर्को दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा सदनमा नदेखिएको भनेर खोजी गरेका छन् ।

परम्पराअनुसार सदनमा प्रधानमन्त्रीले संसदमा सम्वोधन गर्ने भनेपछि प्रमुख प्रतिपक्षी दलका नेता र सत्ता गठबन्धनका पनि सबै नेताहरु उपस्थित हुने प्रचलन भएको स्मरण गर्दै ओली र देउवा नदेखिएकोमा गुनासो गरेका हुन् ।

उनले हिजोदेखि सदनमा भारत भ्रमणका उठेका प्रश्नबारे स्पष्ट पार्न आफू यहाँ उपस्थित भएको पनि बताए । उनले प्रतिपक्षी दलको प्रमुख नेता र सत्ता गठबन्धनको नेता नभएको भन्दै अलिकति नमिठो महसुस भएको पनि बताए ।

उनले भारत भ्रमणबारे जानकारी दिन सुरु गर्दा ढिला गरी ओली भने बैठक हलमा प्रवेश गरेका छन् । प्रतिपक्षी दलका नेता ओली आएपछि प्रधानमन्त्री प्रचण्डले उनलाई धन्यवाद समेत दिएका छन् । उनले भारत भ्रमणका सन्दर्भमा उठेका विषयहरुको जवाफ दिंदै छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !