८ बैशाख २०८१, शनिबार

मधेस प्रदेशमा तीन मन्त्रीले लिए शपथ, जनमतको मन्त्रालय खोसियो


तीन मन्त्रीले लिए शपथ

जनकपुर । मधेस प्रदेश सरकारका नवनियुक्त तीन जना मन्त्रीले आज शपथ लिएका छन् । मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार नवनियुक्त तीन जना मन्त्रीलाई शपथ खुवाएका हुन् ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज मन्त्रिपरिषद् विस्तार गर्दै तीन मन्त्री थपेका हुन् । नेपाली कांग्रेसबाट दुई र नेकपा (एकीकृत समाजवादी) बाट एक मन्त्रीले शपथ लिएका हुन् ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका कृष्णाप्रसाद यादवले भौतिक पूर्वाधार विकासमन्त्री, सोही पार्टीका वीरेन्द्रप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या र नेकपा एसबाट गोविन्दबहादुर न्यौपानेले भूमि व्यवस्था तथा कृषि, सहकारी मन्त्रीको रुपमा सपथ लिएका हुन् ।

यसअघि सो मन्त्रालयको जिम्मेवारी जनमत पार्टीका वसन्त कुशवाहलाई दिइएको थियो । मधेशका मुख्यमन्त्री यादवले भूमि व्यवस्था तथा कृषि मन्त्रालय जनमत पार्टीबाट खोसेका हुन् ।

यस्तै स्वास्थ्य तथा जनसंख्याबाट जसपाकी नेतृ सुरिता साहलाई हटाएर कांग्रेसका वीरेन्द्र सिंहलाई जिम्मेवारी दिइएको छ । साह र कुशवाह अहिले बिनाविभागीय मन्त्री छन् । पछि सरकारले जिम्मेवारी दिने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !