१३ बैशाख २०८१, बिहिबार

सुदूरपश्चिमका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ


लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त तीन मन्त्रीलाई शपथ खुवाएका हुन् भने एक राज्यमन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले शपथ खुवाएका हुन् ।

सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी, सामाजिक विकास मन्त्रीमा झपटबहादुर साउँद र आन्तरिक मामिला तथा कानून मन्त्रीमा पृथ्वीबहादुर सिंहले शपथ लिएका हुन् भने उद्योय पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा गीतादेवी मालले प्रदेश प्रमुखको कार्यालयमा शनिवार साझ ४ बजे शपथ लिएकी हुन् ।

नागरिक उन्मुक्ति पार्टी भने सरकारमा सहभागी भएन । यद्यपि नागरिक उन्मुक्ति पार्टीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मात्र छोडिएको छ तर उक्त पार्टीले सामाजिक विकास र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा दाबी गर्दै आएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !