७ जेष्ठ २०८१, सोमबार

पूर्वनिर्धारित समयभन्दा २ घण्टापछि मात्र प्रतिनिधिसभाको बैठक सुरु


प्रतिनिधिसभा बैठक फाइल फोटो

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको पूर्वनिर्धारित समयभन्दा २ घण्टापछि मात्र दिउँसो १ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच पहिलो पटक संसदमा प्रत्यक्ष सवाल-जवाफ हुने भएकोले विशेष चासोका साथ हेरिएको छ । सांसदहरूले राखेको प्रश्नको जवाफ दिने पहिलो कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाको बैठक पूर्वनिर्धारित समयमै सुरु नभएपछि सांसदले सामाजिक सञ्जालमा तीव्र असन्तुष्टि प्रकट गरेका थिए । प्रतिनिधिसभा बैठक बस्नुअघिदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच संसद भवन नयाँ बानेश्वरमा भेटवार्ता भएको छ ।

उक्त बैठक सुरु हुनुअघि सभामुख घिमिरेसँग नेमकिपाका सांसद प्रेम सुवाल र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनुपर्ने दाबी प्रस्तुत गरेका थिए । उनीहरूले प्रश्न सोध्न नपाए सदनमै विरोध गर्ने बताएपछि सभामुखले उनीहरूसँग छलफल गरिरहेको कारणले मुख्य रुपमा बैठक बस्न ढिलाइ भएको थियो ।

यो पनि पढ्नुहोस्

११ बजे सुरु हुने भनिएको संसद् बैठक अझसम्म किन सुरु हुन सकेन ?

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच संसद बैठकअघि भेटवार्ता

प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !