८ माघ २०८१, मंगलबार

शेखर भन्छन् – नक्कली शरणार्थी प्रकरणमा कांग्रेसका नेता फसे, फसाइएको छ


डा. शेखर कोइराला फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेताहरु फसे र फसाइएको भनेर बचाऊ गरेका छन् ।

आज बुधवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले नेताहरुको नाम जोडिनुले पार्टीको गरिमामा आँच आएको बताएका छन् ।

उनले नक्कली भुटानी शरणार्थीको मुद्दा अन्तर्राष्ट्रिय विषय बनेको र यसलाई ढाकछोप गर्नु नहुने बताएका हुन् । यद्यपि उनले नक्कली भुटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती काम भएको जिकिर गरे ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई नछोडी कारबाही गरे जनविश्वास पलाउने भन्दै त्यसपछि भ्रष्टाचारविरुद्ध काम गर्नुपर्ने बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती काम भएको बताए ।

कुनै बहानामा कसैले पनि गलत काम गरेको भए कारबाही हुनुपर्ने उनको मत थियो । देशको नागरिकलाई अनागरिक बनाइ मानवबेचबिखन गरेर विदेश पठाइदिने काम लज्जाको विषय भएको पनि उनले बताए।

कोइरालाले अब जुनसुकै निर्वाचनमा नेपाली कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताएका छन् । उनले विगतमा गठबन्धन गरेर कमजोरी गर्दा कांग्रेस अप्ठ्यारोमा परेको बताए । अब वडादेखि केन्द्रसम्म कांग्रेस एक्लै चुनाव लड्नुपर्ने उनको धारणा छ ।

यो पनि पढ्नुहोस्

कांग्रेसले बालकृष्ण खाँणलाई तत्काल निलम्बन गर्नुपर्छ : गगन थापा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !