१२ बैशाख २०८१, बुधबार

सरकार र संसद अरुलै नै चलाउँदो रहेछ, हामी त ‘डमी’ मात्रै रहेछौँ : पर्यटनमन्त्री किराँती


सुदन किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकार र संसद् अरुले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको बताएका छन् ।

मंगलबार संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा उनले आफूले मन्त्रीको रूपमा यस्तो अनुभूति गरेको बताए ।

मन्त्री किराँतीले मन्त्री अरुले नै चलाउने भएकाले आफूलाई भने ‘शोकेसको मान्छे’ जस्तो भएर बस्नुपरेको गुनासो गरे । पर्यटन क्षेत्रमा धैर ऐन बदल्नुपर्ने आवश्यकता भएको उल्लेख गर्दै त्यसमा सहयोग गर्न संघीय संसद र सांसदहरूलाई उनले आग्रहसमेत गरे ।

उनले हवाई उडानको सुरक्षाका लागि आवश्यक विधेयक तत्काल मन्त्रिपरिषदबाट पास गराएर संसदमा पेश गर्ने उल्लेख गर्दै त्यसलाई छिटो पास गरिदिन पनि सांसदहरूको ध्यानाकर्षण गराए ।

संसद्‌मा बल दिएमात्रै आफूहरूले केही गर्नसक्ने अवस्था रहेको उनको भनाइ थियो । यसैगरी उनले नेपालजस्तो सानो देशका लागि धेरै विमानस्थलहरु आवश्यक नभएको तर्क उनले गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !