८ मंसिर २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्डले बोलाए सरकारलाई समर्थन गर्ने १० दलको बैठक


सत्ता गठबन्धन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले सरकारलाई समर्थन गर्ने १० दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले बोलाएको १० दलको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साढे २ बजे सिंहदरबारमा बस्ने भएको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रमको बारेमा सत्ता गठबन्धनका नेताहरुसँग सुझाव लिने भएका हुन् । सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

आजको बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !