१३ बैशाख २०८१, बिहिबार

मन्त्री मोदी र इन्टरनेशनल आइडियाका महासचिवबीच भेटवार्ता


अमनलाल मोदी र केभिन कासास–जामोरा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र इन्टरनेशनल आइडियाका महासचिव केभिन कासास–जामोराबीच भेटवार्ता भएको छ ।

मंगलबार सिंहदरबारस्थित् मन्त्री मोदीको कार्यकक्षमा महासचिव केभिन नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता भएको हो । नेपाल भ्रमणमा रहेका महासचिव केभिन र मन्त्री मोदीबीच दुई पक्षीय हितका सन्दर्भमा कुराकानी भएको छ ।

भ्रमणका क्रममा महासचिव केभिनले संघीयताको सबलीकरण र स्थानीय तहको सशक्तिकरणका लागि आफूहरुले क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । महासचिव केभिनले हालसम्म इन्टरनेशनल आइडियाको ३४ राष्ट्र सदस्य रहेकाले नेपाल पनि यसको सदस्य हुन आग्रह गरे ।

भेटका क्रममा मन्त्री मोदीले संघीयता र स्थानीय तहसँगै नेपालका आदिवासी जनजाति, थारु, महिला लगायतका पिछडा वर्गका क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । आइडिया इन्टरनेशनलको नेपाल सदस्य हुनका लागि आफूले पहलकदमी लिने समेत उनले बताए ।

अमनलाल मोदी र केभिन कासास–जामोरा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !