१३ बैशाख २०८१, बिहिबार

रवि लामिछानेका सहयोगी दिपक बोहरामाथि आक्रमण, मोवाइल नै फुटाइदिए


दिपक बोहरामाथि आक्रमण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य समेत रहेका सभापति रवि लामिछानेका सहयोगी दिपक बोहरामाथि आक्रमण भएको छ ।

सभापति लामिछानेसंगै जारी मतदानका क्रममा मतदान केन्द्रहरुमा गएर मतदाता भेट्ने र मतदान अधिकृतहरुसँग जानकारी लिन जाने क्रममा भरतपुर महानगरपालिका-११ मा आफूलाई गुण्डाहरूको समूहले आक्रमण गरेको उनले सामाजिक संजालमार्फत जानकारी दिएका हुन् ।

उनले बुथ अबलोकन गर्न जाँदा आक्रमणकारीहरुले फेसबुक लाइभ गरिरहेको बेला आफ्नो मोबाइल पनि फुटाइदिएको बताएका हुन् । उनले आक्रमणकारीहरुले आफूलाई टार्गेट गरेर आक्रमण सुरु गरेको दोस्रो भिडियो पनि हेर्नुहोस् भनेर सार्वजनिक गरेका छन् ।

यता रास्वपाका सभापति समेत रहेका चितवन निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार लामिछानेले सामाजिक संजाल फेसबुकमा लाइभ आएर आफू मतदानस्थलमा जान सक्ने अवस्था नरहेको बताएका छन् ।

चितवन–२ अन्तर्गत भरतपुर महानगरपालिका–११ स्थित नयाँकिरण मावि मतदान केन्द्रमा आइतबार लामिछाने पुग्दा समर्थकले नाराबाजी गरेपछि अरू पार्टीका कार्यकर्ताले आपत्ति जनाएर धकेलाधकेल समेत भएको थियो ।

लामिछाने उक्त केन्द्रमा आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले उनको पक्षमा नाराबाजीसँगै तनाव सुरु भएको थियो । रास्वपा कार्यकर्ता नाराबाजी गर्दै मतदानस्थलमा पस्न खोजेपछि नेकपा एमालेका कार्यकर्ताले विरोध गरेका थिए ।

सोहीक्रममा दुई पक्षबीच झडपको अवस्था भएको थियो । झडपको अवस्था आएपछि नाराबाजीमा संलग्न रास्वपाका समर्थकलाई प्रहरीले लाठीचार्ज गर्दै लखेटेको थियो ।

भिडियोहरु हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !