![पूर्णबहादुर खड्का](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2023/03/Purna-Bahadur-Khadka235123.jpg?fit=1024%2C682&ssl=1)
काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको थप जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रक्षामन्त्री खड्कालाई कानुन मन्त्रालयको थप जिम्मेवारी दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सम्हालिरहेको कानून मन्त्रालयको जिम्मेवारी खड्काले पाएका हुन् । राष्ट्रपति कार्यालयले आज मंगलबार एक विज्ञप्ति जारी गर्दै खड्कालाई उक्त जिम्मेवारी तोकिएको जनाएको छ ।
संवैधानिक परिषद्बाट प्रधानन्यायाधीश सिफारिस गर्ने बैठकमा कानूनमन्त्री पदेन सदस्य रहने भएकाले प्रधानमन्त्रीको सो जिम्मेवारी खड्कालाई हस्तान्तरण गरिएको हो ।