६ पुस २०८१, शनिबार

ढाकाकुमार श्रेष्ठसँग रास्वपाले सोध्यो २४ घण्टे स्पष्टीकरण


ढाकाकुमार श्रेष्ठ फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।

रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले आज एक विज्ञिप्ति जारी गर्दै समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बनेका सांसद श्रेष्ठको सञ्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

रास्वपाले डा. श्रेष्ठको स्वरमा स्वास्थ्यमन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवाद रहेको उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको छ ।

यो छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारवाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन रास्वपाले दिएको छ ।

साथै रास्वपाले केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न डा. श्रेष्ठलाई निर्देशन दिएको छ । श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

यस्तो छ हेर्नुहोस् रास्वपाले निकालेको विज्ञप्ति

रास्वपाले निकालेको विज्ञप्ति

यो पनि पढ्नुहोस्

दुर्गा प्रसाईंसँग रास्वपाका सांसद श्रेष्ठले २ करोड मागेको अडियो सार्वजनिक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !