१३ बैशाख २०८१, बिहिबार

सभामुखको तजबिजी अधिकार कटौतीका लागि राखिएको प्रस्ताव फिर्ता


देवराज घिमिरे

काठमाडौँ । सभामुखको तजबिजी अधिकार कटौतीका लागि राखिएको प्रस्ताव फिर्ता भएको छ । सभामुखको तजबिजी अधिकार कटौती गर्ने प्रस्तावबाट सत्तारुढ दलका सांसदहरु पछि हटेपछि उक्त प्रस्ताव फिर्ता भएको हो ।

सत्ता पक्षका सांसदहरुले सभामुखको अधिकार कटौतीसम्बन्धी राखेको प्रस्ताव प्रतिनिधिसभा बैठकमा फिर्ता लिएका हुन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सो नियमावलीको मस्यौदा पारित गर्नका लागि भइरहेको छलफलका क्रममा संशोधन प्रस्तावक सांसदहरुले संशोधन फिर्ता लिएका हुन् ।

संशोधन प्रस्तावक सांसदहरु रामहरि खतिवडा, रेखा यादव लगायतका संशोधन फिर्ता लिएका हुन् । सभामुखले सांसदहरुले राखेका संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सांसदहरुलाई फिर्ता लिने समय दिएका थिए ।

प्रतिनिधिसभा नियमावली २०७९ को मस्यौदामाथि सत्तारुढ दलका सांसदहरुले कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार सभामुखले काम गर्नेबारे व्यवस्था गर्ने सम्बन्धी संशोधन दर्ता गराएका थिए ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा रहेका सबै दलहरुको छलफलकै आधारमा अघि बढ्ने प्रतिवद्धता जनाएपछि सत्तारुढ दलका सांसदहरुले तजबिजी अधिकार कटौती गर्ने प्रस्ताव फिर्ता लिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !