
काठमाडौँ । नेपाली कांग्रेसले बारा निर्वाचन क्षेत्र नम्वर २ मा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । आज आइतबार बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले बारा-२ मा जसपालाई समर्थन गर्ने निर्णय गरेको हो ।
काँग्रेसले आगामी वैशाख १० गते हुने उपचुनावका लागि बारा-२ मा जसपालाई सहयोग गर्ने निर्णय गरेको हो । बारा-२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने भएका छन् ।
लोसपाबाट राजेन्द्र महतो र जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ ।