६ जेष्ठ २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्डले दिए एसईईमा सामेल विद्यार्थीलाई शुभकामना


प्रधानमन्त्री प्रचण्ड फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसईईमा सहभागी भएका विद्यार्थीलाई शुभकामना दिएका छन् । आजदेखि सुरु भएको एसईईमा सहभागी हुने विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै प्रधानमन्त्री प्रचण्डले शुभकामना दिएका हुन् ।

उनले एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आआफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा आग्रह पनि गरेका छन् ।

यसवर्षको एसईई आज बिहान ८ बजेदेखि सुरु भएको छ । एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी हुँदैछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !