११ बैशाख २०८१, मंगलबार

जनयुद्ध दिवसमा बिदा दिने निर्णयविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश


सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णयविरुद्धको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । आज बिहीबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सर्वोच्च प्रशासनले दरपिठ गरेको रिट दर्ता गर्न आदेश दिएको हो ।

सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले रिट दरपिठ गरेकामा निवेदकहरु अर्को रिट बोकेर सर्वोच्च पुगेकोमा न्यायाधीश राउतको इजलासले दर्ता गर्न आदेश दिएको हो ।

यसअघि सर्वोच्च प्रशासनले बिदा दिने वा कुनै उत्सव मनाउने वा नमनाउने निर्णय गर्ने अधिकार सरकारको भएको भन्दै रिट दर्ता गर्न अस्वीकार गरेको थियो । सर्वोच्चले दर्ता गर्न आदेश दिएसँगै अब रिट दर्ता गर्ने बाटो खुलेको हो ।

सरकारले निर्णयविरुद्ध ज्ञानेन्द्रराज आरणसहित कल्याण बुढाथोकी, रिता कार्की, गंगामाया अधिकारी, पूर्णप्रसाद पौडेललगायतले रिट दर्ता गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !