५ जेष्ठ २०८१, शनिबार

सानेपामा कांग्रेसको कार्यसम्पादन समितिको बैठक जारी


कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेसको कार्यसम्पादन समितिको बैठक जारी रहेको हो ।

जारी बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्री र प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारको चयनलगायत विषयमा छलफल भइरहेको छ ।

बैठकले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउनु साथै समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । यही चैत ६ गते विश्वासको मत पुनः लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई विश्वासको मत दिने दललाई सरकारमा सहभागी गराउन आज मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !