१५ बैशाख २०८१, शनिबार

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा गठबन्धनको बैठक आज बिहान ९ बजे बस्ने भएको हो ।

गठबन्धनमा मन्त्रालयको भागबण्डामा हिजो सहमति जुट्न नसकेकोले आज पनि बैठक बस्ने भएको हो । हिजो बसेको गठबन्धनको बैठकमा सहमति जुट्न नसकेर बैठक निष्कर्षविहीन टुंगिएको थियो ।

मन्त्रिपरिषद् बिस्तारलगायतका विषयमा सहमति जुटाउन आज सत्ता साझेदार दलहरुको बैठक बस्ने भएको हो । सत्तागठबन्धन आबद्ध दलहरु सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ ।

सत्ता साझेदार दलको हिजोको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ । न्यूनतम साझा कार्यक्रमको मस्यौदामा विस्तृत छलफल भएर आज टुङ्गोमा पुगिने बताइएको छ ।

हिजोको बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका थिए । सरकारलाई चाँडो भन्दा चाडो पूर्णता दिने विषयमा पनि सामान्य छलफल भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !