६ बैशाख २०८१, बिहिबार

नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक


कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । भोलि मंगलबार विहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । काँग्रेसले आन्तरिक रुपमा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम लगभग टुंगो लगाइसकेको बताएको छ । बैठकमा उपनिर्वाचनबारे छलफल पनि हुने काँग्रेसले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !