१३ बैशाख २०८१, बिहिबार

राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा दरबार जाँदै


रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा दरबार जाँदै छन् । राष्ट्रपति बनेपछि पौडेल पहिलोपटक काठमाडौं उपत्यका बाहिर जान लागेका हुन् ।

राष्ट्रपति पौडेल आज विहान साढे ९ बजे गोरखा दरबार जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । गत फागुन २५ गते राष्ट्रपति निर्वाचित चएपछि पहिलोपटक उनी गोरखा दरबार अवलोकन गर्न जना लागेका हुन् ।

राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टर चढेर गोरखा जानेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !