७ मंसिर २०८१, शुक्रबार

बालुवाटारमा गठबन्धनको बैठक, मन्त्रिपरिषद पुनर्गठनको बारेमा छलफल


१० दलीय गठबन्धनको बैठक बालुवाटार फाइल फोटो

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ गठबन्धनको बैठक सुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिन गृहकार्य थालेका हुन् ।

गठबन्धनको बैठकमा मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद पुनर्गठनको तयारीमा रहेका छन् । बैठकमा मन्त्रिपरिषद् विस्तारका साथै शक्ति बाँडफाँटका विषयमा पनि छलफल हुने भएको छ ।

मन्त्रिपरिषद पुनर्गठनका विषयमा सहमति जुटाउन सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक सुरु भएको हो । गठबन्धनको आजको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा ठोस निष्कर्षमा पुग्ने बताइएको छ ।

शीर्ष नेताहरुको तहमा अनौपचारिक छलफल जारी रहेतापनि छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन आज बैठक बसेको हो । सरकारमा सहभागी हुने विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार छलफल गरेका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेस सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहित नेताहरु सहभागी रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !