१३ बैशाख २०८१, बिहिबार

राष्ट्रपति पौडेल र अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेटघाट


रामचन्द्र पौडेल र डिन आर. थम्पसन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्पसनबीच शिष्टाचार भेटघाट भएको छ । राष्ट्रपति भवन शितल निवासमा आज सोमबार राष्ट्रपति पौडेल र अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेटघाट भएको हो ।

राष्ट्रपति पौडेललाई अमेरिकी राजदूत थम्पसनले राष्ट्रपतिमा निर्वाचित भएको सफल कार्यकालको बधाई तथा शुभकामना दिएका थिए । राष्ट्रपति पौडेलले अमेरिकाले नेपालको विकासमा पुर्याएको योगदानको प्रशंशा गर्दै भविष्यमा थप सहयोग रहने अपेक्षा व्यक्त गरेका थिए ।

रामचन्द्र पौडेल र डिन आर. थम्पसन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !