४ बैशाख २०८१, मंगलबार

राष्ट्रपतिसमक्ष ललितपुरका जनप्रतिनिधि र स्थानीयवासीद्धारा भेट


रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले आज भेटेर निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

शितल निवासमा भएको सो भेटमा जनप्रतिनिधिहरुले पालिकामा भएका गतिविधिका बारेमा सम्माननीय राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
भेटमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जन लगायत ती पालिकाका कार्यपालिका सदस्यका साथै स्थानीयवासीको सहभागिता थियो ।

सो क्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको मुखपत्र, संस्कृतिविद् स्वर्र्गीय सत्यमोहन जोशीद्धारा लिखित ललितपुर महानगरपालिकाले प्रकाशित गरेका पुस्तकहरु हस्तान्तरण गरेका थिए । त्यस्तै, गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पनि गोदावारी महानगरपालिकाको मुखापत्र हस्तान्तरण गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !