१३ बैशाख २०८१, बिहिबार

रास्वपाको निर्णय : प्रधानमन्त्रीलाई विश्वासको मत दिने


रास्वपा बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । आज आइतबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको पार्टीका महामन्त्री एवम् प्रवक्ता डा मुकुल ढकालले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संसदबाट पुन: विश्वासको मत लिने भएका हुन् ।

रास्वपाले सरकारबाट हटेपनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । प्रदेशसभा निर्वाचनमा भाग नलिएको रास्वपाबाट प्रतिनिधिसभामा भने १९ सांसदको प्रतिनिधित्व रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !