१३ बैशाख २०८१, बिहिबार

रास्वपाको केन्द्रीय र संसदीय दलको संयुक्त बैठक बस्दै


रास्वपा बैठक फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ । काठमाडौँको वसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बैठक बस्न लागेको रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकबारे रणनीति बनाउन संयुक्त बैठक बस्न लागेको उनको भनाइ छ । माघ २२ गते सरकारबाट बाहिरिएतापनि रास्वापाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !