१३ बैशाख २०८१, बिहिबार

कांग्रेसले आइतबार बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक


कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बोलाएको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बिहान बस्ने भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आइतबार बिहान बैठक आह्वान गरिएको जानकारी दिए ।

बैठक बिहान १०ः३० बजे नयाँवानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा बस्ने मुख्यसचिव पौडेलले बताए । उक्त बैठकमा उपस्थितिका लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !