११ बैशाख २०८१, मंगलबार

नेकपा र नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकता


नेत्रविक्रम चन्द र कर्णजित बुढा

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच आज पार्टी एकता भएको छ ।

काठमाडौँको प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा आज दिउँसो एक पत्रकार सम्मेलन आयोजना गरेर दुई पार्टीबीच पार्टी एकता भएको हो । दुई पार्टीका शीर्ष नेताहरूले पार्टी एकताको बारेमा जानकारी समेत दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !