१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चैत ६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले सम्भवत: चैत ६ गते सोमबार विश्वासको मत लिने बालुवाटार स्रोतले बताएको हो ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने तयारी गरेका हुन् । सत्ता साझेदार दलका शीर्ष नेताले चैत ६ गते विश्वासको मत लिने विषयमा सहमति भएको पनि बालुवाटार स्रोतले बताएको छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ८ गतेभित्रै विश्वासको मत लिने जानकारी पनि दिएको छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री प्रचण्डले चैत ८ गतेभित्रै विश्वासको मत लिने जानकारी दिए । उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्रै आफूहरू सरकारमा जानेबारे छलफल हुने बताए ।

प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते सकिएपछि विश्वासको मत लिने भएका हुन् । गत पुस १० गते प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएको एमालेले फागुन १५ गते समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

नेकपा एमालेका साथै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डलाई अब नेपाली कांग्रेसले समर्थन दिने भएको हो । कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएतापनि रास्वपाले समर्थन कायमै राखेको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्डले चैत ८ गतेभित्रै विश्वासको मत लिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !