१३ बैशाख २०८१, बिहिबार

कांग्रेसको निर्णय : उपराष्ट्रपतिका उम्मेदवार रामसहायलाई मत दिने


कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ । आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितको बैठकले जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णय कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

काँग्रेसले यादवको पक्षमा मतदान गर्न पार्टीका संघीय र प्रादेशिक संसदहरुलाई मत दिन पनि निर्देशन दिएको पनि उनले जानकारी दिए । सतारुढ गठबन्धनमै रहेका जनमत पार्टीले समेत उपराष्ट्रपति पदमा ममता झाको उम्मेदवारी दिएकी छन् ।

पर्सी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । यस्तै नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार रहेका छन् ।

कांग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न संवैधानिक निकायलाई आग्रह पनि गरेको छ । बैठकले चितवन २ मा पार्टीका तर्फबाट सम्भावित उम्मेदवारहरु सफारिस गर्न गर्न क्षेत्रीय समितिलाई निर्देशन दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !