६ जेष्ठ २०८१, आइतबार

राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा. चालिसे, निजी सचिवमा अधिकारी


डा. सुरेशचन्द्र चालिसे र चिरञ्जीवी अधिकारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलकोे प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसे नियुक्त भएका छन् । राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा. चालिसेलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

डा. चालिसे पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको परराष्ट्र सल्लाहकार भएका थिए । उनी नेपालका लागि अमेरिका र बेलायतका पूर्वराजदूतसमेत हुन् ।

त्यसैगरी राष्ट्रपति पौडेलको निजी सचिवमा चिरञ्जीवी अधिकारी नियुक्त भएका छन् । उनी लामो समयदेखि पौडेलको स्वकीय सचिवका रूपमा कार्यरत छन् ।

तनहु क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित पौडेल यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले सोमबार राष्ट्रपति पदको शपथ लिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !