४ बैशाख २०८१, मंगलबार

पूर्वप्रधानमन्त्री खनाल र नेकपा महासचिव विप्लवबीच भेटवार्ता


झलनाथ खनाल र विप्लव

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजबादी) पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेकपाका महासचिब नेत्रविक्रम चन्द ‘विप्लव’ र नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ ।

खनालको निजी निवास डल्लुमा नेताहरुबीच करिव दुई घण्टा भएको भेटवार्तामा वर्तमान समयसामयिक राजनैतिक परिस्थितिको सन्दर्भमा विचार आदान-प्रदान भयो र कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी औसरवाद हावी हुँदै गएकोप्रति नेताहरुले चिन्ता व्यक्त गरेका थिए ।

उनीहरुबीच आगामी दिनमा सबै बामपन्थीहरु बीचको वाम एकताको सम्भावनाको बारेमा पनि छलफल भएको पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वकीय सचिव कृष्ण भट्टराईले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !