८ बैशाख २०८१, शनिबार

राप्रपाले भोलि पार्टी प्रवेशको कार्यक्रम आयोजना गर्दै


राजेन्द्र लिङ्देन फाइल फोटो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने भएको छ । राप्रपाले भोलि फागुन २८ गते दिनको १ बजे पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने भएको हो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक संजालमार्फत भोलि पार्टी प्रवेश कार्यक्रम आयोजना गरिने जानकारी दिएका हुन् । अध्यक्ष लिङ्देनले राप्रपा प्रवेश गर्न ईच्छुकहरुको चाहनालाई ध्यानमा राख्दै भोलि पार्टी प्रवेशका लागि संक्षिप्त कार्यक्रम राखिएको हुँदा ईच्छुकहरुलाई उपस्थिति हुन आग्रह समेत गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !