८ बैशाख २०८१, शनिबार

जसपाका रामसहाय यादवद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता


रामसहाय यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदको लागि उम्मेदवारी दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा पुगेर यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।

यादवको प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी रहेका छन्भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी रहेका छन् ।

जसपाको निर्णयअनुसार यादवले आज शनिबार दिउँसो संसद् भवनस्थित उपराष्ट्रपतिको लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

यसैगरी एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराइसकेकी छन् भने जनमत पार्टीकी नेतृ ममता झाले पनि उपराष्ट्रपति पदको लागि उम्मेदवारी दर्ता गराएकी छन् ।

यो पनि पढ्नुहोस्

एमालेकी अष्टलक्ष्मी शाक्यद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

जनमत पार्टीकी ममता झाद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !