काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीकी नेतृ ममता झाले उपराष्ट्रपति पदको लागि उम्मेदवारी दर्ता गराएकी छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा पुगेर झाले उम्मेदवारी दर्ता गराएकी हुन् ।
झाको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चाैधरी, अभिराम शर्मा, रूपाकुमारी यादव रहेका छन् भने समर्थकमा गाेमा लाभ, विनिता कुमारी सिंह, वसन्त कुमार कुशवाह, रामप्रकाश चाैधरी र रानीकुमारी तिवारी रहेका छन् ।
सत्ता गठबन्धनमा उपराष्ट्रपतिमा साझा उम्मेदवार चयन गर्न नसकेपछि जनमत पार्टीकी झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । गठबन्धनमा सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र यसबारे भोलिसम्ममा सहमति जुटाउने भएका हुन् ।