७ बैशाख २०८१, शुक्रबार

फागुन २८ गते पत्रकार सम्मेलन र ३० गते अन्तर्क्रिया गर्ने माओवादी घटकको निर्णय


माओवादी घटकहरुको संयुक्त बैठक

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको माओवादी घटकहरुको संयुक्त बैठक सकिएको छ । आज बसेको माओवादी घटकको बैठकले आगामी फागुन २८ गते पत्रकार सम्मेलन र फागुन ३० गते अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

माओवादी घटकहरुले द्वन्द्वकालीन घटनाको विषयमा पत्रकार सम्मेलन र शान्ति प्रक्रियामा योगदान पुर्याएकाहरुसँग संयुक्त अन्तर्क्रिया गर्ने निर्णय गरेको हो । बैठकले शान्ति प्रक्रियाविरुद्ध षडयन्त्र भइरहेको भन्दै विभिन्न दबाबमूलक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले जनयुद्धको विषयमा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध रिट दर्ता गर्न मिल्ने आदेश दिएसँगै माओवादी घटकहरु एकमत हुँदा आएका छन् ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका छन् । माओवादी घटकहरुले सर्वोच्च अदालतको आदेश शान्ति प्रक्रिया विपरीत रहेको भन्दै विरोध जनाउँदै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !