६ जेष्ठ २०८१, आइतबार

राप्रपाको कार्यालय पुगेर राष्ट्रपतिका उम्मेदवार पौडेलले मागे भोट


रामचन्द्र पौडेल र राजेन्द्र लिङदेन

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहेका राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग भेट गरेका छन् । आज सोमबार राप्रपाको कार्यालय पुगेर राष्ट्रपतिका उम्मेदवार पौडेलले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहित नेताहरुसंग भोट मागेका हुन् ।

राष्ट्रपति पदका उमेदवार पौडेलसहित कांग्रेस, माओवादी केन्द्र, लोसपा, जसपाको टोली र राप्रपा अध्यक्ष लिङ्देन सहितको राप्रपाको टोलीबीच आज साँझ राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भेटवार्ता भएको हो ।

भेटवार्तामा राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी नेता दीपक बोहरालगायत नेताहरु उपस्थिति रहेको थियो । यद्यपि राप्रपाले अझसम्म राष्ट्रपतिको दुई उम्मेदवारहरुमध्ये कसैलाई पनि मतदान गर्ने निर्णय गरिसकेको छैन ।

राष्ट्रपति पदका लागि नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ पनि उम्मेदवार रहेका छन् । पौडेलले आज बिहान मात्रै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालसँग पनि भेटवार्ता गरेका थिए ।

पौडेललाई ९ दलीय गठबन्धनको समर्थन रहेको छ भने नेम्वाङलाई हालसम्म एमाले एक्लैको मात्र साथ रहेको छ । आगामी फागुन २५ गते राष्ट्रपति पदको लागि निर्वाचन हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !