१२ बैशाख २०८१, बुधबार

प्रचण्डको निर्देशनपछि माओवादीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने


खगराज भट्ट

धनगढी । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई माओवादी केन्द्रले विश्वासको मत दिने निर्णय गरेको छ ।

आइतबार बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र सुदूरपश्चिमका संसदीय दलका नेता खगराज भट्टलाई टेलिफोनमार्फत मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन निर्देशन दिएका थिए ।

प्रचण्डले आठ दलीय गठबन्धन कायम राख्न र सुदूरपश्चिम सरकार जोगाउन माओवादी सुदूरपश्चिम संसदीय दलका नेता भट्टलाई विश्वासको मत दिन निर्देशन दिएका थिए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिन तयारी गरेका छन् । सुदूरपश्चिम माओवादी केन्द्रको संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !