७ बैशाख २०८१, शुक्रबार

राप्रपाद्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता


कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राप्रपाले नेकपा (माओवादी केन्द्र) नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

आज बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् ।प्रदेशसभा सदस्य सन्तोषीले प्रदेश प्रमुख तिलक परियारसामु प्रदेश सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाएकी हुन् ।

संघीय सरकारमा भएको सत्ता समीकरणमा आएको फेरबदलका कारण प्रदेशमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो । यसअघि फागुन १३ गते शनिबार बसेको राप्रपाको पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठकले संघीय सरकारबाट बाहिरिने र प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !