३१ भाद्र २०८१, सोमबार

प्रदेश नम्वर १ को नाम कोसी प्रदेश पारित


प्रदेश १ प्रदेशसभा

विराटनगर । लामो रस्साकस्सीपछि प्रदेश १ काे नाम काेसी प्रदेश पारित भएको छ । आज बुधबार राती बसेकाे प्रदेशसभा बैठकले काेसी प्रदेश पारित गरेकाे हाे ।

प्रदेशसभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोसी राख्ने प्रस्ताव पारित गरेको हो । मतविभाजनका क्रममा काेसीकाे पक्षमा ८२ मत खस्याे भने विपक्षमा ४ मत खसेकाे छ । मतदान प्रक्रियामा ६ जना अनुपस्थित रहेका थिए ।

आज बुधबार दिउँसोबाट सुरु भएको प्रदेशसभा बैठकमा नामकरण माथिको दलगत छलफल सकिएपछि सभामुख बाबुराम गौतमले प्रदेशसभा बैठक २ घण्टाका लागि स्थगित गरेका थिए । प्रदेशसभामा नेकपा एमालेले कोसी प्रदेश राख्नुपर्ने प्रस्ताव गरेकोमा सो नामका विषयमा सांसदलहरुले छलफलमा भाग लिएका थिए ।

प्रदेशको नामकरण टुंगो लगाउनको लागि बसेको प्रदेशसभा बैठकमा टेबल गरिएको प्रस्तावित प्रदेशको नाम किरात-लिम्बुवान-सगरमाथा अस्वीकृत भएको थियो । प्रदेशसभाको बहुमतले कोसी प्रदेशलाई छलफलका लागि स्वीकार गरेपछि सभामुख गौतमले किराँत-लिम्बुवान-सगरमाथाको प्रस्ताव स्वत: अस्वीकृत भएको प्रदेशसभालाई जानकारी गराएका थिए ।

प्रदेशको नामाकरणको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाई मत आवश्यक पर्ने संवैधानिक व्यवस्था छ । प्रदेश १ मा ९३ जनाको संसद छन् । नामाकरणको टुंगो लगाउन ६३ जना सांसद चाहिएकोमा ८२ मत खसेकोले प्रदेशसभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोसी राख्ने प्रस्ताव पारित गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रदेश १ को प्रदेशसभा बैठक २ घण्टा स्थगित, नाममाथिको छलफल सकियो

प्रदेश १ नामकरण : किरात-लिम्बुवान-सगरमाथा अस्वीकृत, कोसीमाथि छलफल प्रारम्भ

प्रदेश १ को प्रदेशसभा बैठकमा प्रस्तावित नाम टेबल

प्रदेश १ को नामकरण : विरोध प्रदर्शनलाई रोक्न निषेधाज्ञा जारी

प्रदेश १ को नाम कोसी राख्न प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !