८ जेष्ठ २०८१, मंगलबार

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने नेकपा एसको निर्णय


एकीकृत समाजवादी सचिवालय बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार पौडेललाई मत दिने निर्णय गरेको हो ।

एकीकृत समाजवादीको काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले पौडेललाई मतदान गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले पार्टी सरकारमा जाने विषयमा सकारात्मक भएको पनि बताए । आजको बैठकमा प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी कसरी कुन-कुन मन्त्रालय लिने भन्ने बारेमा पनि छलफल भएको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !