७ बैशाख २०८१, शुक्रबार

एमालेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई बुझाए राजीनामा


एमालेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौँ । नेकपा (एमाले) का मन्त्रीहरूले आजै राजीनामा बुझाएका छन् ।एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आज सोमबार बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् ।

एमालेबाट सरकारमा सहभागी भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, रक्षामन्त्री हरि उप्रेती, परराष्ट्रमन्त्री डा. बिमल राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पद्म गिरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र कुमार राई गरी ८ जना मन्त्री रहेका थिए ।

एमालेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

८ जना मन्त्रीहरुमध्ये रक्षामन्त्री हरि उप्रेती बिरामी भएकोले अन्य ७ जना मन्त्रीहरुले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको नेकपा (एमाले) को सचिवालयको आकस्मिक बैठकले सरकार छाड्ने र सरकारलाई दिएको पनि समर्थन फिर्ता लिने निर्णय गरेपछि मन्त्रीहरुले राजीनामा बुझाएका हुन् ।

आज बसेको बैठकपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संचारकर्मीहरुसँग कुरा गर्दै पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति पालनामा प्रधानमन्त्री प्रचण्ड गम्भीर भएर नलागेको भन्दै बैठकले सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरेको बताएका थिए ।

हिजो आइतबार जेनेभा प्रस्थान गर्न लागेकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई प्रधानमन्त्री प्रचण्डले भ्रमण रोकेपछि एमालेले आकस्मिक बैठक बोलाएर सरकार छोड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो । प्रधानमन्त्री प्रचण्डले एमालेका मन्त्रीहरुलाई हटाउने वा विनाविभागीय बनाउने तयारी गरेपछि उनीहरु आफै राजीनामा दिएका हुन् ।

यो पनि पढ्नुहोस्

एमालेका मन्त्रीहरूले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने

प्रदेश सरकारबाट बाहिरिने विषयमा एमाले मौन

एमालेको निर्णय : सरकार छाड्ने, समर्थन पनि फिर्ता लिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !