८ बैशाख २०८१, शनिबार

प्रदेश सरकारबाट बाहिरिने विषयमा एमाले मौन


एमाले सचिवालय बैठक

काठमाडौँ । नेकपा (एमाले) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । यद्यपि प्रदेश सरकारबाट बाहिरिने बारेमा एमाले मौन बसेको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले सरकारबाट अलग हुने निर्णय गरेको एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

उनले सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निणर्य सचिवालय बैठकले गरेको पनि जानकारी दिए । पौडेलले प्रदेश सरकारका विषयमा कुनै निर्णय नभएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !