१५ बैशाख २०८१, शनिबार

राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङले गराए उम्मेदवारी दर्ता


सुबास नेम्वाङ उम्मेदवारी दर्ता

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् ।

सुबास नेम्वाङ उम्मेदवारी दर्ता

उम्मेदवारी दर्ता गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू पनिसँगै बानेश्वर पुगेका थिए । एमालेको आज शनिबार नै बसेको केन्द्रिय सचिवालयको बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

सुबास नेम्वाङ उम्मेदवारी दर्ता

उनको प्रस्तावक र समर्थकमा ५/५ जना रहेका छन् । प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् ।

यो पनि पढ्नुहोस्

सुवास नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !