१२ आश्विन २०८१, शनिबार

जसपाकी सांसद सहनाज रहमानको हृदयघातबाट निधन


सहनाज रहमान

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) की सांसद सहनाज रहमानको आज निधन भएको छ । जसपाकी सांसद रहमानको हृदयघातबाट निधन भएको हो ।

६७ वर्षीया रहमानको शनिबार मध्यपुर ठिमी अस्पतालमा निधन भएको हो । भक्तपुरको घ्याम्पे डाँडामा आयोजित पिकनिकमा खाना खाएर गफ गरिरहेको बेलामा एक्कासी उनलाई हृदयघात भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको छ ।

जसपाको केन्द्रीय सदस्य समेत रहेकी झापा घर भएकी सांसद रहमानलाई जसपाले समानुपातिक सांसद बनाएको थियो । २०६३ देखी मधेसी जनअधिकार फोरममा सक्रिय भएकी उनी मधेसी जनअधिकार फोरम महिला संघकी दुई कार्यकालसम्म अध्यक्ष भएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !